
काठमाडौं । शेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ ।
दिनभरको उतारचढावका बीच ६ दशमलव २४ अंकले घटेर नेप्से २०६७ विन्दुमा झरेको छ ।
मंगलबार कारोबार रकम भने बढेको छ । मंगलबार ३०७ वटा कम्पनीको ९४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य सर्वाधिक ७ दशमलव ०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये मंगलबार तीनटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूह घटेका छन् । वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव १० प्रतिशत बढ्दा लघुवित्त उपसमूह २ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १ दशमलव ३८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्