२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय समिति गठन नभए आगमी बैठक चल्दैन : रामहरि खतिवडा


1.898k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो ।

सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताउनुभयो । उहाँले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिनुभयो ।

उहाँले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्ल्ेख गर्नुभयो ।