
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले यस्तो बताउनुभएको हो ।
सांसद वाग्लेले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताउनुभयो । उहाँले नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको बताउनुभयो । उहाँले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको बताउनुभयो । उहाँले भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन हुन नसकेको बताउनुभयो ।
सांसद वाग्लेले भन्सारमा डिजिटलाइजेशनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्