
काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा प्रोलिफिक माध्यमिक विद्यालयमा ५ सय विद्यार्थीलाई दूधपान गराएको छ ।
सोमबार नेपाल डेरी एसोसिएसनको आयोजनामा दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौं महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक विद्यालयमा रहेका करिव ५ सय जना विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयमन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा दूधपान गराइएको छ ।
कार्यक्रममा मन्त्री शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दूध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको बताउनुभएको छ । दूध भनेको अति आवश्यक संवेदनशील खाद्य पदार्थ भएको र गाउँमा दूधको माध्यमबाटै आर्थिक रुपमा अलिअलि चलखेल गर्न पाउने भएकोले पनि यो अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई सररकारले महत्वपूर्ण स्थान दिने बताउनु भएकोछ । उहाँले विद्यार्थीले प्रत्येक दिन स्वस्थ शरस्रका लागि दिनमा तीनपटक बिहान बेलुका र दिउँसो दूध खान अनुरोध समेत गनूभयो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दूध पूर्ण पौष्टिक आहार भएकाले बालकदेखि वृद्धसम्म अनिवार्य दूध जुनसुकै अवस्थामा पनि सेवन गर्न सल्लाह दिनुभयो । विद्यालयले पनि समय समयमा बालबालिकालाई पौष्टिक आहारको बारेमा बताउँदा दूधको महत्व बुझाउँदै अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न प्रेरित गर्नुहुने कुरामा अध्यक्ष दाहालको विश्वास रहेको छ ।
कार्यक्रममा बागमती प्रदेशका सांसद जयराम थापा, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरी, कृषि उद्यम केन्द्र एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राज कुमार कार्की लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्कुलका बालबालिकालाई दूध पान गराइइनुको साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्