
web pic
काठकाडौं । मोरङको बेलबारी नगरपालिका १ शिशौलीका बमबहादुर लिम्बूले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बाँच्न सफल भएका छन् ।
प्रहरीका अनुसार शिशौलीमा पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूले धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा उनको पनि मृत्यु भएको हो ।
घटनाबारे छिमेकीले थाहा पाएर हल्ला गरेपछि लिम्बूका ८ वर्षीय छोरा भाग्न सफल भएका थिए । पारिवारिक बेमेल र शंकाले घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्