
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
बुधबार समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएसँगै सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो ।
बुधबार अपरान्ह संसद भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समितिमा आउने महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । उहाँले देश निर्माणमा शिक्षा महत्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरुप अघि बढ्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने बताउनुभयो ।
सभापति थापाले ले शिक्षकलाई कर्मचारी सरहको सेवा सुविधा दिनेगरी काम गर्ने बताउनुभयो । उहाँले राजनीतिबाट शिक्षालाई टाढा राख्ने उद्देश्य राखेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्