१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ : रघुजी पन्त


2.054k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सांसद रघुजी पन्तले यस्तो बताउनुभएको हो ।

सांसद पन्तले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रस्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताउनुभयो । उहाँले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताउनुभयो ।

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताउनुभयो ।