२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


परराष्ट्रमन्त्री श्रेष्ठले गरे पूर्व राजदूतहरुसँग छलफल


260
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदूतहरुसँग छलफल गर्नुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले बुधबार नेपालबाट विभिन्न देशमा राजदुतको जिम्मेवारी सम्हाली सेवानिवृत्त हुनुभएका पूर्वराजदुतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको हो ।

छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दूतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध लगायत विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ । मन्त्रीसँगको छलफलपछि बगंलादेशका लागि नेपालका पूर्वराजदूत मोहन लोहनीले पूर्वराजदूतहरुले विभिन्न प्रकारका सुझाव दिएका बताउनुभयो । उहाँले देशमा राजनीति अस्थिर भएकाले राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा जोड दिइएको बताउनुभयो । उहाँले नेपालको अहिलेसम्मको विदेश नीति सकारात्मक दिशामा रहेको र यसलाई अझ सुदृढ पार्नुपर्नेमा पूर्वराजदूतहरुले सुझाव दिएका बताउनुभयो ।

छलफलपछि इजिप्टका लागि नेपालका पूर्वराजदुत डा. रामभक्त ठाकुरले परराष्ट्रमन्त्रीले परराष्ट्र नीतिलाई सुधार गर्ने सम्बन्धमा सुझाव माग्नुभएको बताउनुभयो । उहाँले छिमेकी देशहरुसँगको सम्बन्धलाई प्राथमिकता दिँदै अमेरिकाको बढ्दो उपस्थितिलाई पनि व्यवस्थापन गर्नुपर्नेमा सुझाव दिएको बताउनुभयो ।

उहाँले आफ्नो देशको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने र छिमेकी देशको हितलाई पनि खलल नपु¥याउनेगरी अगाडी बढ्नुपर्ने सुझाव दिइएको बताउनुभयो ।