
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ ।
बुधबार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले सो कुरा बताउनुभएको हो ।
सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नुभयो ।
सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्