१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


योजना आयोगमा चार जना सदस्य नियुक्त गर्ने सरकारको निर्णय


1.027k
Shares

काठमाडौं । सरकारले योजना आयोगमा चार जना नयाँ सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगका रिक्त सदस्य पदमा संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी र डा. अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले अवकाश हुन लागेका श्रम मन्त्रालयका सचिव केवल भण्डारीले दिएको राजीनामा स्वीकृत गर्नुका साथै चुणामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा ७ जना कोरियाली र ३ जना नेपालीलाई पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहणका लागि अनुमति दिंदै त्यसमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।