
काठमाडौं । गृह मन्त्रालयले सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र सच्याएको छ ।
गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका लागि जारी गरेको २१ बुँदे निर्देशनमा रहेको सञ्चार माध्यम केन्द्रित बुँदालाई बिहीबार साँझ हटाएको हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर तथा नेपाल पत्रकार महासंघले समेत गृहको परिपत्रको चर्को विरोध गरेपछि गृहले जारी विज्ञप्तिमा सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने बुँदा हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्