१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु


442
Shares

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चट्याङ लाग्दा मृतक सिंहकै परिवारका अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको हात खुट्टामा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जनाइएको छ ।