२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनुपर्छ’


39
Shares

‘काठमाडौं । विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहनुभएका अध्यक्ष वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनपर्ने आवश्यकता रहेको बताउनुभएको । उहाँले नेपालले धेरै पर्यटक भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौंमा विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले कति जना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्नेकुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्ने बताउनुभयो । नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढी जोड दिए पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो ।

कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको पनि स्मरण गर्नुभयो । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ । नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ । इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो । २०२३ मा इन्ट्रपेडले २ लाख ५० हजार पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो । जसमध्ये ४ हजार पर्यटक नेपाल आएका थिए । इन्ट्रपेडले २०२४ मा ५ हजार पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ ।