
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताउनुभयो । उहाँले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताउनुभयो । उहाँले चुनावमा धेरै अविर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अविर नलगाइ विजयी मनाउने गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताउनुभयो । उहाँले इच्छा विपरित होली नखेल्न पनि आग्रह गर्नुभयो । उहाँले होली पर्वहरुमध्येको पनि पुरानो पर्व भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्