२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड


130
Shares

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । आइतवार नेपालको हिमाली तथा पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ ।

आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न आग्रह गरेको छ ।