३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


राजनीतिक प्रतिशोधले ग्रस्त भएर कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्यो : प्रदीप ज्ञवाली


598
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव ज्ञवालीले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताउनुभयो । उहाँले आफैँले प्रधानमन्त्री प्रश्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही पनि हुन नसक्ने जिकिर समेत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क समेत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले एमालेको ध्यान भने देश र जनताको हितमा केन्द्रित रहेको पनि दोहो¥याउनुभयो ।