
काठमाडौं । नेपालले पहिलो टी–२० क्रिकेटमा आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्ड ए लाई ६ विकेटले पराजित गरेको हो ।
आयरल्यान्डले् दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे ।
यसअघि आयरल्यान्ड वुल्भ्स १ सय २१ रनमा अलआउट भएको थियो । मंगलबार आयरल्यान्डसँग दोस्रो टी–२० खेलेपछि नेपाली टिम भारत जानेछ । कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी–२० र तीन एकदिवसीय खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्