२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आगामी बैशाख ५ गतेदेखि ओखलढुंगा महोत्सव हुने


0
Shares

ओखलढुंगा । स्थानीय उत्पादन, उद्योग पर्यटन तथा पूर्वाधार : मौलिक कला संस्कृति समृद्ध ओखलढुंगाको आधार भन्ने नाराका साथ ओखलढुंगामा दोस्रो ओखलढुंगा महोत्सव हुने भएको छ । यही वैशाख ५ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ ।

आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र समग्र उद्योग व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो ।

महोत्सवमा कृषि, पर्यटन, घरेलु हस्तकला, औद्योगिक एवं व्यापारिक प्रतिष्ठानहरुका सेवा तथा वस्तुको प्रदर्शनी हुने बताइएको छ ।

सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा हुने महोत्सव अवधिभर ६० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा १ सय ५० बढी स्टल रहने आयोजकले बताएका छन् ।