२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीले पनि इलाम र बझाङमा उम्मेदवारी दिने


1.274k
Shares

काठमाडौं । एकीकृत समाजवादीले पनि इलाम र बझाङमा उम्मेदवारी दिने भएको छ ।

पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भए पनि पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको खनालले बताउनुभयो ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताउनुभएको थियो ।