१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्रीलाई कृष्णगोपाल श्रेष्ठको प्रश्न – तपाई दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?


1.326k
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गर्नुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न गर्नुभएको हो ।

सांसद श्रेष्ठले दुर्गा प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाउनुभएको छ ।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरुपनि भएको हुनसक्ने भन्दै छानविन गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।