
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताउनुभएको छ ।
प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो स्पष्टिकरण दिनुभएको हो ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सो अनुदान सरकारले बढाउँदै लैजाने नीति लिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले वित्तीय समानीकरण अनुदान आगामी आर्थिक वर्षमा पनि जस्ताको तस्तै कायम गर्ने बताउनुभयो । उहाँले सशर्त अनुदानलाई भने सरकारले घटाउँदै लैजाने योजना सार्वजनिक गर्नुभयो । विशेष अनुदान भने नयाँ ढंगले अघि बढाउने प्रधानमन्त्री दाहालको भनाई थियो ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि सरकारको कामकारबाहीलाई तिब्र गतिमा अघि बढाउने प्रतिवद्धता दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्