१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली नदीमा हाम फालेर बेपत्ता शाहीको शव फेला


13.442k
Shares

काठमाडौं । तराइको होली पर्वका दिन गत सोमबार कर्णाली नदीको पुलबाट हाम्फाल्ने क्रममा कर्णाली नदीमा वेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ ।

टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित नदी किनारमा उनको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

शव भेटिएपछि पहिचानका लागि आफन्तलाई बोलाइएको पनि प्रहरीले जनाएको छ ।

होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा–३ चिसापानीका शाही बेपत्ता भएका थिए । शाहीको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो ।