१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारद्वारा अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन


468
Shares

काठमाडौं । सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुनेगरी सो कार्यदल गठन गरेको हो ।

कार्य दललाई अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि आवश्यक मापदण्ड बनाउन दुई हप्ताको समयावधि दिइएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले जानकारी दिनुभयो ।

अपांगता भएका दीपक भण्डारीले काठमाडौंमा सहयोगीको माग गर्दै धर्ना दिँदै आएका थिए । उनीसहित अन्य उस्तै व्यक्तिका समस्या समाधान हुनेगरी मापदण्ड बनाउन कार्यदल गठन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले बताउनुभयो । कार्यदलले दिएको सुझावको आधारमा मापदण्ड बनाई कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्र गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।