१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आयरल्याण्डले नेपाललाई दियो २२३ रनको लक्ष्य


702
Shares

काठमाडौं । टि–ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा अहिले नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स भिडिरहेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले नेपाललाई २२३ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो ।

आयरल्यान्डका पिटर मूरले ४९, केड कारमाइकल र निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । नेपालका कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

बिहीबारदेखि सुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो । टि–ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुने छ ।

यसैगरी नेपालको ’ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट श्रृंखला नेपालले २–० ले जितेको थियो ।