
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले पदबाट दिनुभएको राजीनामा स्वीकृति गरिएको बताउनुभएको हो । उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्ष रहनुभएकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिनुभएको हो ।
राजीनामा पत्रमार्फत उहाँले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्