७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो


7.436k
Shares

काठमाडौं । त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् । सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको पनि डिएसपी भण्डारीले जानकारी दिनुभयो ।