२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै


546
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गर्नु भएको थियो । त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताउनुभयो । सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।

नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रस्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।