
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।
अध्यक्ष दाहालले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख बताउनुभयो । २४ औं जेल ब्रेक स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गर्नुभयो ।
त्यस अवसरमा उहाँले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गर्नुभयो । आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो ।
प्रधानमन्त्री दाहालले बामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्