
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताउनुभएको छ ।
शनिबार रिपोर्टस क्लबको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बतउनुभएको हो ।
प्रधानमन्त्री दाहालले अहिले सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याइ सहमतिकै आधारमा काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाललाई अहिले सुशासन र समृद्धि आवश्यक रहेको भन्दै मुलुकमा अहिले राष्ट्रिय समझदारी बनाउन नसके निकै अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकार सुनिश्चित र सुदृढ गर्दै संविधानको प्रगतिशिल कार्यान्वयन सुनिश्चित गरी त्यसको जगमा आर्थिक समृद्धिको दिशा लिनु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्