३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


मानन्धर संघद्वारा स्वयम्भू भोजको आयोजना


117
Shares

काठमाडौं । केन्द्रीय मानन्धर संघले स्वयंभू भ्वयं अर्थात स्वयम्भू भोजको आयोजना गरेको छ ।

प्रत्येक वर्ष संघले स्वयम्भू भगवानको पूजा गरि स्वयम्भू भोजको आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मानका साथ पदक वितरण पनि गरिएको थियो । यसैगरि यस बर्ष विभिन्न विषयमा पीएचडी गर्ने व्यक्तिहरु प्रोफेसर रामभक्त सानुनानी सिर्पालाई पनि पदक वितरण गरिएको थियो ।

ईमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरले उनीहरुलाई पदक वितरण गर्नुभएको हो । मानन्धर समाजका सबैभन्दा जेष्ठ व्यक्ति शंकरलाल मानन्धरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमम सांसद बसन्त मानन्धरको पनि सहभागिता रहेको थियो ।