
पाँचथर । नेकपा एमालेका संघीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अब २०८४ को निर्वाचनमा नेकपा एमालले एकल बहुमुत ल्याएर पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
पाँचथरको फिदिममा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीलाई जनतासँग जोड्ने र संगठन विस्तार गर्ने, पार्टी पंक्तिलाई सुदृढ बनाउने लगायतका आधारहरु नै एमालेको एकल बहुमत ल्याएर जित्ने पहिलो आधार रहेको बताउनुभयो ।
उहाँले कमि कमजोरीहरुलाई सच्याएर सवै पार्टीका घटकहरुलाई मिलाएर यो सरकार बनेको हुँदा सरकार दिगो र स्थायीत्व हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्