२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी र एपीएफ च्याम्पियन


338
Shares

काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् ।

आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बने । गणेशमान सिंह फउण्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी संगिता सुनार उत्कृष्ट खेलाडी घोषित भए ।

दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेस प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जिते ।

पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली, ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफकी विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमकी बालाजी रावल तथा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउदै पहिलो भए ।

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६० केजीमा एपीएफकी संगिता सुनारले आर्मी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउदै स्वर्ण जिते ।

हरेक तौलसमूहमा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ं.५÷७.५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभउको थियो ।