
काठमाडौं । सरकारले महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आज बिहान बसेको बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका लागि रायमाझीलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिनुभयो । रायमाझी अहिले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुनुहुन्छ ।
प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहेको परिषद्को बैठकले रायमाझीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
रायमाझीले यसअघि अर्थ सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने अर्थसचिव हुनुअघि बाणिज्य सचिव रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्