१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


प्रतिनिधिसभाको बैठक आज पनि बस्ने


260
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेदेखि बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।