२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले नेपाल प्रहरीको मनोबल खस्काउने काम नगरोस् : प्रदीप यादव


650
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

सुन तस्करी छानविन समितिको प्रतिवेदनमाथि पनि अर्को छानविनको काम अघि बढाएर सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई हतोत्साही बनाउने काम गरेकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने उहाँको भनाई थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक यादवले नेपाल प्रहरीले प्रविधिको अभावमा पनि अनुसन्धानको काममा एकपछि अर्को सफलता प्राप्त गरेपनि सरकारले नै उनीहरुमाथि छानविन समिति बनाएर मनोबल गिराउने काम गरेको आरोप लगाउनुभयो । उहाँले सुन तस्करी जाँझबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढनुपर्नेमा सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि नै छानविन थालेर गल्ती गरेको जिकिर समेत गर्नुभयो ।

प्रमुख सचेतक यादवले नेपाल प्रहरीको अनुसन्धानमाथि नै प्रभावित पार्ने काम सरकारले गर्न नहुने स्पष्ट पार्नुभयो ।