११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीहरुलाई सांसद ढकालको आग्रह


104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरेजसरी नछर्न आग्रह गर्नुभएको हो ।

सांसद ढकालले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताउनुभयो । उहाँले सांसदहरुको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताउनुभयो । उहाँले बजेट विनियोजनमा विगतको निरन्तरता दोहो¥याउनु नहुने बताउनुभयो ।

सांसद ढकालले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गर्नुभयो ।