
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताउनुभएको छ ।
सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।
प्रधानन्यायाधीश श्रेष्ठले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताउनुभयो । उहाँले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गर्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठलेउहाँले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताउनुभयो । उहाँले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताउनुभयो । उहाँले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन बिस्तारै हुँदै जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्