
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसकेको बताउनुभएको छ ।
सोमबार संसद भवन परिसरमा बोल्दै सांसद यादवले यस्तो बताउनुभएको हो ।
सांसद यादवले विचार, सिद्धान्त वा मान्यता भन्दा स्वार्थ हाबी हुँदा नेपालमा गठबन्धन बन्ने र भत्किने स्थिति बनिरहेको बताउनुभयो । उहाँले विचार, सिद्धान्त च्युत भएपछि स्वार्थ हाबी हुने बताउनुभयो । उहाँले पछिल्लो चरणमा नेपालको राष्ट्रिय राजनीति सकारात्मक दिशाबाट अघि नबढेको जिकिर गर्नुभयो । उहाँले केन्द्रमा गबठन्धन फेरिँदाको असर प्रदेश तहमा पनि देखिरहेको भन्दै यसले राम्रो सन्देश नदिएको बताउनुभयो । उहाँले अहिलेको परिवर्तन एक प्रकारको राजनीतिक भागबण्डाको लडाईं मात्रै भएको बताउनुभयो ।
सांसद यादवले अहिलेको गठबन्धन बिना उद्देश्य बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्