२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सहकारी ठगी प्रकरणमा कांग्रेस पछि हट्दैन : सुशीला थिङ


416
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा कांग्रेस पछि नहटेको बताउनुभएको छ ।

सोमबार संसद भवन परिसरमा बोल्दै सचेतक थिङलेले यस्तो बताउनुभएको हो । आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उहाँको भनाइ छ ।

सचेतक थिङलेले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी कांग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताउनुभयो । उहाँले सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताउनुभयो । उहाँले काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताउनुभयो । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने बताउनुभयो ।

सचेतक थिङलेले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताउनुभयो । उहाँले संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताउनुभयो । पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताउनुभयो ।