२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


इजरायली आक्रमणमा इरानी कमाण्डरको मृत्यु


1.547k
Shares

एजेन्सी । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा इजरायलले गरेको हवाई हमलामा इरानका वरिष्ठ कमाण्डर मारिएका छन् ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार संदिग्ध इजरायली लडाकु विमानहरूले सोमबार सिरियामा रहेको इरानको दूतावासमा बमबारी गरेका थिए । इरानले यो हमलामा तीन वरिष्ठ कमाण्डरहरूसहित आफ्ना सात सैन्य सल्लाहकार मारिएको बताएको छ ।

दमास्कसको मेजेह जिल्लामा रहेको इरानी दुतावासको मुख्य भवनसँगै जोडिएको कन्सुलेट भवन इजरायली बमबारीबाट ध्वस्त भएको छ । इरानको रेभोलुस्नरी गार्ड्सले एक विज्ञप्तिमार्फत वरिष्ठ कमाण्डर मोहम्मद रेजा जाहेदी मारिएको पुष्टी गरेको छ ।

इजरायलले लामो समयदेखि सिरियामा इरानको सैन्य प्रतिष्ठान र त्यसका सहयोगीमाथि हमला गर्दै आएपनि दूतावास परिसरमा यति ठूलो आक्रमण गरेको यो पहिलो घटना हो ।