
काठमाडौं । प्रमुख पतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक मंगलबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
बैठकमा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यमा इलाम २ र प्रदेश सभा सदस्यमा बझाङ १ को उम्मेदवार तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्