७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पर्वतको जलजलामा मृत अवस्थामा दम्पती फेला


2.977k
Shares

पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

स्थानीयको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको र अनुसन्धानपछि मात्र तथ्य बाहिर आउने उहाँले बताउनुभयो ।

दम्पतीको शव विहान ९ बजे रगताम्य अवस्थामा भेटिएकोे जलजला गाउँपालिका २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए ।