२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन काँग्रेस बैठक आज पनि बस्दै


169
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ ।

यसअघि पनि मंगलवार र बुधवार बैठक बसे पनि उम्मेदवार चयन गर्न सकेको छैन । इलाम–२ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा १ मा उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने अडानमा हुनुहुन्छ भने महामन्त्री गगन थापालगायतले इलाममा भेषराज आचार्य लोकप्रिय रहेकाले उहाँलाई टिकट दिनुपर्ने अडान राख्नु भएको छ ।

बझाङको प्रदेशसभा १ मा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउन चाहनुभएको छ भने महामन्त्री थापा पक्षले जगत जोशीलाई अघि सारेको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।