
इलाम । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहिवार आयोजित एक कार्यक्रमकाबीच इलाम सदरमुकामस्थित बार एशोसिएशनको भवनमा कार्यालय उद्घाटन गरिएको हो । सो अवसरमा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवारलगायतले निर्वाचनलाई स्वच्छ र धाधलीरहित वनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
निर्वाचनका लागि जिल्ला अदालत इलामका मुख्य न्यायाधीश केशव कुमार घिमिरेलाई निर्वाचन आयोगले चयन गरेको छ ।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभामा इलाम– २ बाट निर्वाचित एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । चैत्र २४ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्