२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


1.43k
Shares

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार राती कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।