
एजेन्सी । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा विरोध गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलविरुद्ध कदम चल्न बाध्य हुने बाइडेनले चेतावनी दिनुभएको हो ।
गाजामा सहयोग पु¥याउने मानवीय कामदारहरू र गाजामा समग्र मानवीय अवस्थामा इजरायली हमलाहरू अस्वीकार्य रहेको बाइडेनले बताउनुभयो ।
इजरायली सेनाले सोमवार हवाई हमला गरेपछि गाजामा नागरिकहरूलाई खाना वितरण गर्न जाँदै गरेको परोपकारी समूह वल्र्ड सेन्ट्रल किचेनका सात सदस्यहरू मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्