१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाम-२ मा नेकपा एसले जित्छ : झलनाथ खनाल


8.047k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले यस्तो बताउनुभएको हो ।

नेता खनालले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताउनुभएको हो । उहाँले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताउनुभयो । उहाँले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताउनुभयो ।

नेता खनालले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताउनुभयो ।