Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति


2k
Shares

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ ।

शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।

शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कायममकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी गराउनुभयो ।