
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।
सांसद पौडेलले नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गर्नुभयो ।
सांसद पौडेलले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताउनुभयो । उहाँले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताउनुभयो । सांसद पौडेलले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताउनुभयो ।
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्