
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा गायिक खुशी थुलुङ राईको पहिलो गिती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै सांसद किराँतीले यस्तो बताउनुभएको हो ।
सांसद किराँतीले नेपालमा इमान्दारिताको खडेरी परेको बताउनुभयो । राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउनसके देश बन्न धेरै समय नलाग्ने बताउनुभयो । उहाँले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताउनुभयो । उहाँले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो ।
सांसद किराँतीले राजनीतिक रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्